परिचय

राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको प्रयोगशाला सेवा विभागले बिरामीहरूको सही निदान, प्रभावकारी उपचार तथा समग्र स्वास्थ्य परीक्षणका लागि ISO 15189:2022 Certified, अत्याधुनिक र उच्चस्तरीय प्रयोगशाला सेवाहरू प्रदान गर्दै आइरहेको छ। अनुभवी विशेषज्ञ डाक्टरहरू तथा दक्ष प्राविधिक टोलीद्वारा आधुनिक एवम् स्वचालित उपकरणहरूको प्रयोग गरी छिटो, सुरक्षित र पूर्ण विश्वसनीय परीक्षण सेवा उपलब्ध गराइन्छ।

हाम्रा प्रमुख सेवाहरू:

  • रगत परीक्षण (Blood Test): CBC, ESR, Blood Grouping लगायत अन्य सम्पूर्ण रुटिन तथा विशेष परीक्षणहरू।

  • बायोकेमिस्ट्री तथा हर्मोन परीक्षण: Diabetes (Sugar), Thyroid, Kidney Function (KFT), Liver Function (LFT), Lipid Profile तथा विभिन्न Hormones परीक्षण।

  • माइक्रोबायोलोजी तथा कल्चर: Urine, Blood, Stool Culture & Sensitivity testing।

  • इम्युनोलोजी तथा सिरोलोजी: HIV, Hepatitis, Dengue, Typhoid लगायत अन्य संक्रामक रोगहरूको परीक्षण।

  • प्याथोलोजी तथा हिस्टोप्याथोलोजी: Biopsy, FNAC तथा अन्य ट्युमर/क्यान्सर सम्बन्धी परीक्षण।

  • पिसाब तथा दिसा परीक्षण (Routine Diagnostics)।

  • कोभिड-१९ तथा अन्य सरुवा रोग सम्बन्धी विशेष परीक्षण।

हाम्रा मुख्य विशेषताहरू:

  • अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड: ISO 15189:2022 अनुरूप प्रमाणित गुणस्तरीय ल्याब सेवा।

  • २४ घण्टा आकस्मिक सेवा: आकस्मिक (Emergency) बिरामीहरूका लागि २४ घण्टा प्रयोगशाला सेवा उपलब्ध।

  • अत्याधुनिक उपकरण: पूर्ण रूपमा स्वचालित (Fully Automated) र आधुनिक प्रविधि युक्त मेसिनहरू।

  • दक्ष एवम् अनुभवी जनशक्ति: अनुभवी प्याथोलोजिस्ट तथा दक्ष ल्याब टेक्नोलोजिस्टहरूको टोली।

  • छिटो र विश्वसनीय रिपोर्ट: गुणस्तर सुनिश्चित (Quality Assured) परीक्षण प्रणाली।

हाम्रो प्रतिबद्धता: बिरामीको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै लहान तथा वरपरका सर्वसाधारणलाई सर्वसुलभ, विश्वसनीय र गुणस्तरीय प्रयोगशाला सेवा प्रदान गर्न हामी सधैं प्रतिबद्ध छौं।